कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

२१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार