कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आज थपिएका १५ सय ५१ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२१ जना क्वारेन्टिनमा छन् । देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आज (मंगलबार) कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा प्रदेश-१ को इलाममा २, उदयपुरमा ३, खोटाङमा १, झापामा ४, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७, र सुनसरीमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश-२ को धुनषामा १२, पर्सामा २, बारामा २, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा २, सर्लाहीमा ७ र सिरहामा १० जनामा कोरोना संक्रमण पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७८३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा १ सय १६, मकवानपुरमा ६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा २, ललितपुरमा १ सय ११८ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २०, तनहुँमा २, नवलपरासी पूर्वमा १३, म्याग्दीमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश-५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ३४, नलवपरासीमा ९, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा १, बाँकेमा ३४ र रुपन्देहीमा ९६ र रोल्पामा १ जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १०, दैलेखमा ७, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको कञ्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । – नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार