कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्रीबाटै राष्ट्रिय सार्वभौमिकता र हितलाई कमजोर पार्ने काम भयाे : प्रवक्ता श्रेष्ठ

सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पूर्व-परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत बुधबार राति भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाेकाे ‘गुप्त’ भेटले राष्ट्रिय स्वाभिमानलाई कमजाेर बनाउने बताउनुभएकाे छ ।

उहाँले कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीले विदेशी जासुसी अधिकारीलाई बाेलाएर भेट्नु देशकाे सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने हर्कत रहेकाे बताउनुभएकाे हाे ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएकाे छ, ‘मेरो विचारमा  नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले विनाकुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो ।’

उहाँले नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्ने बताउँदै तर त्यसाे नभएकाे स्पष्ट भइसकेकोले याे राष्ट्रिय स्वाभिमान विपरीत रहेकाे धारणा राख्नुभयाे ।

प्रवक्ता श्रेष्ठकाे भनाइ जस्ताकाे तस्तै-

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् ।प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार