
पाथिभरा च्यानल -राजेश हमाल दारा अभिनित देव कुमारको संगीतमा “सम्झिएर जिन्दगी” लोकप्रिय हुँदै छ् |गीत हरेक दृष्टिले उत्कृष्ट भएर नै युटुबमा भिवर्स दिन प्रतिदिन बढीरहेको छ् |
नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्व विजया दशमीको अवसर पारेर संगीतकार देव कुमार चौधरीको संगीत रहेको “सम्झिएर जिन्दगी” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
बिगत लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार चौधरीको संगीत रहेको उक्त गीतमा महानायक राजेस हमाल र पुष्पा लिम्बुको अभिनय तथा लोक प्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ !
कोचे मल्टिमिडिया प्रा.लि.को पोष्ट प्रडक्सन, सपना पुनको शब्द रहेको उक्त गीतको भिडियोको निर्देशन नेपाली चलचित्र उद्योगका चर्चित निर्देशक मदन घिमिरेले गरेका छन् भने आलोक लारुङ्ग राईको संगीत संयोजन रहेको छ|



