कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् ।

मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ । राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गरेका छन् ।

गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्न सक्ने अनुमान गरिएको छ । यसैबीच निर्वाचन अधिकारीहरुले १६ इलेक्टोरल कलेज भएको जर्जियामा पुनः मत गणना गरिने जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार