
पाथिभरा च्यानल – चर्चित गीतकार दिलसिङ मेन्याङ्बो जो हाल युकेमै वसेर गीती साधनामा लागि रहनु भएका गीतकार र युके मै रहनु भएका संगीतकार चोक गुरुङ बाट संगीतवद्ध गीत “ सागर झै….” अमेरिका को न्युयोर्क वरिपरि छाॅयाकंन् गरेर सम्पादन समेत सकिसकेको यस गीत लाई किशोर सुब्बा ले निर्देशन गरेका हुन |
ब्रबिम सेर्मा र सुनिता थेगिमको स्वरमा रहेको यस म्युजिक भिडियोमा चर्चित कलाकार एन्सेरेज तमु र प्रेम गुरुङ्गले अभिनय गरेका छन भने शम्भु मोक्तानले छायाँकन गरेका हुन । मन्दिल श्रेष्ठले सम्पादन गरेको उक्त भिडियोमा विनय कँसाकारको कलर करेक्सन अनि मुना केसिको श्रृंगार रहेको छ ।

निर्देशक किशोर सुब्बा नेपालमा रहनु हुँदा बिभिन्न संघ संस्थामा आबद्ध भएर सामाजिक अभियन्ताको रुपमा पहिचान बनाएका स्रस्टा हुन हाल अमेरिकामा रहेर पनि उहाको पहलमा बिमारी तथा समस्यामा परेकाहरुलाई नेपालमा सहयोग गर्दै आउनु भएको छ् |सुब्बाको यो कदमको सबैले प्रससा गरेका छन |
निर्देशक किशोर सुब्बा को यस अगाडी पनि “ दिन सक्दिन म तिमीलाई ….” भन्ने गीत लाई पनि पनि म्युजिक भिडियो सार्वजनिक भैसकेको छ
केहि दिन पछि उक्त गितको अफिसियल म्युजिक भिडियो Hilights youtube च्यानलबाट रिलिज गरिदैछ ।



