कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुमन लिम्बु र निरन्ता नेम्बाङको आनी याक्थुङ्वा –२ सार्वजनिक

तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा छथरे भाषमा आधारित छ ।

लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाचलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

पाःलाम गायनमा चर्चित बनेका सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रेकर्ड भएको पाःलाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा सहयोग गरेका छन् । पाःलाममा तेज मेन्याङ्बो लिम्बूको रचना, सुमन लिम्बूको लय, अशोक लोहरूङ राईको एरेन्ज रहेको छ ।

भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बू, भीम सेनेहाङ, रोजिना थेगिम, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ, सीताराम लिम्बूलाई देख्न सकिन्छ ।

सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पाःलामसम्म आएको बताएका थिए । पहिलो सिक्वेलमा गाउँमा आएको पाहुनासँग धान नाच्ने प्रथालाई प्रकाश पारिएको र दोश्रो सिक्वेलमा टुक्रे बजारलाई संसारलाई बुझाउने प्रयास भएको खापुङको भनाई थियो ।

सार्वजनिक कार्यक्रममा कलाकारहरू रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, कृष्णराज नेम्बाङलगायतले छायांकन हुँदा ज्यादै जाडो भएको अनुभव बताएका थिए । यद्यपि कामको शिलशिलामा जाडोको प्रवाह नभएको पनि कलाकारहरूको अनुभव थियो ।

गायक सुमन लिम्बू र गायिका निरन्ता नेम्बाङले भिडियोमा समावेश भएको पाःलामको टुक्रा सुनाएका थिए ।

चलचित्र निर्देशक दिनेश लिङ्देनले बागमती प्रदेशमा भइरहेको यस सार्वजनिकीकरणमा बसिरहँदा लिम्बुवानमा बसिरहेको छु भन्ने आभास भएको बताएका थिए । पाःलाम विशुद्ध लिम्बू जातिमा हुने र पृथक लयलाई संसारभर पु¥याएकोमा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमका सभापति लोकेन साम्बाले भिडियो निर्माणमा सबैले साथ दिएकोमा धन्यवाद दिएका थिए । लिम्बू जातिमा रहेको विभिन्न गीत, भाका तथा लयको भिडियो निर्देशन गरिसकेका लोकेन साम्बाले यस पाःलाममा टुक्रेबजारको कथालाई जोड्न सफल भएको बताएका थिए । नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent