कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोरोनाबाट थप ३५ जनाको मृत्यु, उपत्यकामा १,५६१ सहित ४,९२८ संक्रमित थपिए

काठमाडौं, १६ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट आज (बिहीबार) थप ३५ जनाको ज्यान गएको छ ।
उपत्यकामा थप १,५६१ जनामा कोरोना संक्रमण पुष्टि
निषेधाज्ञा लागू भएकै दिन काठमाडौं उपत्यकामाथप १,५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,१२७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार