कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले अनलाइनखबरसँग भने, ‘एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो सानो परिमाणमा सुन भित्र्याउने गरेका छन् । अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार