कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका ७१ कामदार संक्रमित

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनामा कार्यरत ७१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएका कामदारलाई आयोजनाले नै निमार्ण गरेको छुट्टै आइसोलेसन सेन्टरमा राखेर सुरुङ खन्ने काम जारी रहेको कुरा आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य कार्य भनेको सुरुङमार्ग निमार्ण गर्नु भएकोले सुरुङमार्ग निमार्ण कार्यलाई निरन्तरता दिई अन्य कामहरु बन्द गरिएको कुरा आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए र्। मुख्य सुरुङमा दुई सिफ्टमा र सहायक सुरुङमा भने एक सिफ्टमा कार्य भईरहेको छ।

सुरुङ बाहेकको कामलाई धेरै समय लाग्दैन तर सुरुङमार्ग निमार्ण कार्य ढिलाई भयो भने आयोजना समयमै पुरा गर्न कठिन हुने भएकोले सुरुङ निमार्णको कामलाई हामीले निरन्तरता दिईरहेका छौ’ उनले भने । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कार्यमा खटिएका ६५० जना कामदारको पिसिआर परिक्षण गर्दा ७१ जनामा कोरोना पोजेटिभ देखिएकोले आयोजनाले नै निमार्ण गरेको आइसोलेसन सेन्टरमा राखेर उपचार भईरहेको कुरा शाक्यले बताए।

सुरुङमार्ग ५९४ मिटर खनिएको कुरा आयोजनाका कन्सलटेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए र्। मुख्य सुरुङ १६२ मिटर र सहायक सुरुङ ४३२ मिटर खनिएको छ । ५४९७ मिटर सुरुङ खन्नु पर्नेमा ५९४ मिटर सुरुङ खनिसकिएको छ समग्रमा सुरुङ बनाउने काम ११ प्रतिशत सकिएको छ’ उनले भने ।

सुदिप भण्डारी पाथिभरा च्यानलको बरिस्ठ सम्बाददाता हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार