
याक्थुङ मुन्चइत् चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) ले कथा प्रतियोगिता गरेर याक्थुङ कथा बैंक स्थापना गर्ने भएको छ । सयङले अनलाइनमाध्यमबाट प्रतियोगिता गर्न लागेको हो ।
संसारभरी छरिएर रहनुभएका सम्पुर्ण स्रष्टा, कथाकारहरुको कथा संकलन गरेर बिशिष्ट, उत्कृष्ट लिम्बू चलचित्र निर्माण गर्नको लागि ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न लागेको सयङका अध्यक्ष सूर्यप्रकाश चेम्जोङले जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’ नाम दिइएको आयोजनामा कथा लिम्बू, अङ्ग्रेजी वा देवनगरिमा लेखिएता पनि लिम्बू बिषय हुनुपर्ने जनाएको छ । ४०० देखि ५०० शब्दको कथालाई समावेश गरिने प्रतियोगितामा मुन्धुमी, थिम्, मिम्, पर्यावरणीय, डायास्पोरिय कथाहरुलाई विषयगरुपमा पुरस्कृत गरिने भएको छ ।
आदिवासी जनजाति, मातृभाषी प्रवद्र्धन समिति, नेपाल चलचित्र वोर्डको सहयोगमा यस कार्यक्रम हुन लागेको हो ।
कथा असार २५ गतेभित्र सयङको इमेल [email protected] मा पठाइनुपर्ने र २७ गते जुममार्फत कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी आयोजकले दिएको छ ।
नयाँ अनलाइन बाट



