कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ईना म्युजिकका निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व अध्यक्ष देउमान केरुङको निधन

ईना म्युजिक एण्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व केन्द्रीय अध्यक्ष चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समिती पुर्व सदस्य, संगीत उद्योग संगको पुर्व केन्द्रीय कोषाध्यक्ष, लघु चलचित्र “पुङ्साम”, “तुम्याहाङ” का निर्माता, चलचित्र कुसुम,थेत्लङ,साम लागायत विभिन्न चलचित्रका कलाकार लिम्बु गीत संगीत प्रवद्धन र प्रचारप्रसारमा उल्लेखनीय भूमिका निभाउनु हुने श्रस्टा देउमान केरुङको दुखद निधन भएको छ |

उहाँ केहिवर्षयता क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँलाई बचाउन हरेक कोशिशहरु भएपनि सम्भव भएन । टिचिङ अस्पताल महाराजगन्ज काठमाडौ मा लामो समयको उपचार पछि गान्धी हस्पिटल दिल्ली लगेर उपचार गरिएको थियो | तत्पश्चात आज काठमाडौबाट पान्थर फालेलुङ २ एक्तिन घर ल्याउने क्रममा बाटोमा (लाहान) स्वर्गरोहण हुनुभएको छ ।
स्वर्गीय देउमान केरुङको मृतआत्माको चीरशान्तिको कामना सहित शोकाकुल परिवारजनलाइ धैर्यधारण गर्ने शक्ति मिलोस भनी आफन्त शुभचिन्तक हरुले सामाजिक संजालमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिरहनु भएको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार