
युकेमा रहेर गीत सिर्जनामा तल्लिन रहेका नेम खापुङको रचनामा ‘पाःलाम भाकैमा’ सार्वजनिक भएको छ ।
गायक राजेश पायल राई र गायिका सिर्जना जबेगुको स्वरमा रेकर्डिङ भएको यस गीतमा तेह्रथुमको लालिगुराँश नगरपालिकामा बनेको चोःलुङ पार्क तथा अन्य संस्कृतिको चर्चा भएको छ ।
कृष्णभक्त राईको संगीत तथा एरेन्जमा बनेको यस गीतलाई दलनारायण खापुङले निर्माण गरेका हुन् ।
थोक्फेला गार्मेन्ट प्रालिको ड्रेस, इशक जबेगुको छायांकन तथा सम्पादन रहेको गीतको स्टुडियो भिडियो सिर्जना जबेगु अफिसियलमार्फत हेर्न र सुन्न सकिन्छ ।



