
पाथिभरा च्यानल – लिम्बु चलचित्रकर्मी संघ को उपाध्यक्ष चलचित्र निर्देशक रबि शेर्मा (रणबिर शेर्मा) किरात याक्थुङ चुम्लुङ बाट वितरण गरिने उदयकला पुरस्कार २०७७ पुरस्कृत हुनु भएको छ |

कला क्षेत्रबाट आदिवासी लिम्बु समुदायको महत्त्वपूर्ण योगदान दिनुभएका चलचित्र निर्देशक रबि शेर्मा लाई नगद रु.१०,०००(दश हजार), प्रमाणपत्र सहित किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम ले केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच पुरस्कार प्रदान गर्नु भएको हो |

पुरस्कृत निर्देशक रवि शेर्मा ले आफुले कला क्षेत्रमा पुर्याएको योगदानको कदर भएको बनाउदै अझ जिम्मेबारि बढेको बताउनु भयो | पुरस्कृत निर्देशक रवि शेर्माले प्राप्त गर्नु भएको नगदबाट रु ५,५००( पाच हजार पाँच सय) कियाचुबाट स्थापित कलाकार सम्मान पुरस्कारको लागि सहयोग हस्तान्तरण गर्नुभएको छ ।



