लिम्बू भाषाको चलचित्र ‘ सुगुत्’ मा राजेश पायल र अञ्जु पन्तको स्वर

लिम्बू भाषाको कथानक चलचित्र ‘सुगुत् ’ को तीन वटा गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।गायक राजेश पायल राइ र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने साथै अन्य गीतहरुमा सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूको पनि स्वर रहेको छ ।

यासेली योङहाङ, रीता फोम्बो ठूली,जानुका काम्बाङको शब्द रहेको छ भने संगीत प्राज्ञ अशोक राईको रहेको छ ।पालामको लय/ संकलन भने रीता फोम्बो ठूलीको रहेको छ ।


पट कथा संबाद देबन्द्र खापुङ (सुर्केली) को रहेको उक्त ‘सुगुत’ चलचित्र पूर्वाञ्चलको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभामा चाडै छायांकन हुने छ |

टाइटल सार्वजनिक कार्यक्रममा कलाकार निर्माताहरुको नाम सार्वजनिक गरिने उक्त दिन चलचित्रको छायांकन मिती समेत घोषणा गरिने कथाकार एवं निर्देशक लोकेन साँवा लिम्बूले जानकारी दिएका छन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार