कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने

काठमाडौ, लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।

याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएको छ । चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका छन । छोरीचेलिको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतिले लिइने रीत सुनौली रुपौलीको बिषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ ।

भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङको अभिनय रहने र केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent