कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ज्वाला राईको स्वर,संगीतमा ‘दौराभन्दा खल्ती लामो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् । गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीत लेखु सहयात्रीले लेखेका हुन् ।

विशम आचार्यको एरेन्ज र मौसम हिमालीले निर्देशन गरेको सो गीतको म्यजिक भिडियोमा गायक राई र टिकटकबाट चर्चामा आएकी मोडल बिना राउतको अभिनय हेर्न सकिन्छ । हाम्रो स्टुडियोको प्रस्तुती रहेको म्युजिक भिडियोका निर्माता आस्लाम लिम्बू हुन् भने छायांकारमा विशाल थापा, सम्पादनमा सनम मगर र प्रोडक्सन म्यानेजरमा विक्रम तामाङ रहेका छन् ।

भ्वोईस अफ नेपालअघि नै गायक राईले म्यासअप कभर गीतहरुबाट निकै लोकप्रियता कमाईसकेका थिए । त्यसयता पनि उनि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदैआएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार