कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लोकेन साँवाको निर्देशनमा लिम्बु भाषाको चलचित्र निङवासुम निर्माण हुने

लोकेन साँवा लिम्बुको निर्देशनमा लिम्बु भाषाको चलचित्र निङवासुम निर्माण हुने भएको छ | निंवासुम निर्माण परिवारले विभिन्न लिम्बु गीत पालाम नेपाली गीत र समाज सेवामा अग्ररुपमा अन्य लिम्बु जन्य संघसंस्थाहरु सग सहकार्य गर्दै निंवासुम निर्माण परिवारले लिम्बु गीत र पालाम गरेर सातौँ भागसम्म सार्वजनिक गरिसकेको छ |

हाल निंवासुम चलचित्रको कथा लेखन गीतहरुको रेकर्डिङ सुचना तथा संचार मन्त्रलय अन्तरगत नेपाल चलचित्र बिकास बोर्डबाट उक्त चलचित्रको र निंवासुम नामको फिल्म निर्माण इजाजत पत्र प्राप्त गरेको छ | निंवासुम चलचित्र खापुङ क्रिएसन प्रा.लि. को व्यानरमा दर्ता भएको हुनाले कसैले पनि उक्त नाम अनिधिकृत रुपमा प्रयोग नगरी दिन हुन निर्देशक लोकेन साँवा लिम्बुले विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ |

निंवासुम निर्माण परिवारको निर्माणमा उक्त चलचित्र रिता फोम्बो ठुलिको कथा रचना तथा संगितमा लिम्बु कथानक चलचित्र निंवासुम निर्माण हुने भएको छ । उक्त चलचित्र कथा रिता फोम्बो ठुलीको रहेको छ भने स्वर सुमन लिम्बु, मनु नेम्वाङ, जीवन केदेम, मनिस लिम्बु निरन्ता नेम्बाङ, माङ्गेन्ना कुरुम्बाङ लिम्बुको रहेको छ । पटकथा संबाद देबेन्द्र खापुङको रहेको छ । निर्देशनः लोकेन सावा लिम्बुको रहेको छ भने खापुङ क्रिएसन प्रा.लि. को व्यानरमा निर्माण हुने भएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार