कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली चलचित्र ‘आकाशे खेती’ को टेलर सार्वजनिक


काठमाडौं :
 नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल टे«लर  सार्वजनिक भएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

https://pathibharachannel.com/2022/01/30/8468/

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ । यो फिल्म यही फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार