
गायक सँगम लिम्बुको लिम्बु भाषाको चर्चित गीत निङसाङ पोक्लछ ले एफ एल एफ अवाड २०७८ मा उत्कृस्ट गायन,सङ्गीत, उत्कृस्ट मोडल पुरुष र महिला गरि ४ वटा बिधामा एफ एल एफअवाड २०७८ पाउन सफल भएको छ |निङसाङ पोक्लछको भिडीयो बाट नै उत्कृस्ट अभिनयले मोडल बिशाल सिनेहाङ र इशिका लिम्बु ले अवार्ड प्राप्त गरेका हुन् भने उक्त भिडीयोको निर्देशक सागर सुब्बा ले पुर्व गृह मन्त्री राम बहादुर थापा बादल बाट मम्मानित भएका थिए |

म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडीयोमा देखाउन खोजिएको छ |

गीत संगै बिदेशमा बस्ने नेपालीहरु संग पनि भावनात्मक सम्बन्ध जोडन गायक संगम लिम्बु सफल भएका छन् | गायक संगम लिम्बुले अवार्ड प्राप्त पछी पाथिभरा च्यानलमा आफ्नो खुशी यसरि व्यक्त गरे आफुले गाएको गीत र म्युजिक भिडीयोले एफ एल एफ .अवाड २०७८मा ४ वटा अवार्ड प्राप्त गर्नु भनेको मैले सांगीतिक यात्रामा गरेको संघर्ष र मिहेनेतको सम्मान हो |

गायक सँगम लिम्बुको लिम्बुले आगामी दिनमा पनि लिम्बु गीत गायन लाइ निरन्तरता दिने प्रतिबद्धता जनाउदै सबैको साथ् र सहयोगको अपेक्षा गरेका छन् |



