कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। 

‘जाहेरी दर्तापछि उहाँलाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको छ, हाम्रा सबै संयन्त्रले खोजी गरिरहेको अवस्था छ,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने।

बुधबार एक नाबालिकाले शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी तनहुँ प्रहरीमा दिएकी थिइन्।

शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।

परिसर र महाशाखाबाट विशेष टोलीले शाहको खोजीमा रहेको बताइएको छ।

अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित/मौखिक दुबै अनुरोध पठाएको छ।

‘विशेष टोली खटिएको छ। अहिले फेला पार्न सकेको अवस्था छैन,’ उनले भने। सेतोपाटि वाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार