कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लगातार वर्षाले पोखरामा सडकसँगै घर भासियो

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ।

फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए।

‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ। घरको बाहिरी भाग ठीक छ। तर, भित्री कोठा भासिएको छ’, वडाध्यक्ष पराजुलीले भने, ‘घर ओडारजस्तो भएको छ।’ 

क्षति पुगेको ठाउँमा पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङलगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent