
काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।

चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो। उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के-२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।

सागर केरुङ् को लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ हुन् । चलिचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ ।
लिम्बु चलचित्र ‘के-२’ हेर्नुहोस !!



