कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कोरोना सङ्क्रमणका कारण एकै दिन श्रीमान् टेकबहादुर लावती श्रीमती लक्षीहाङमाको मृत्यु

कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा...

July 9th, 2021

बंगलादेशमा भेटियो यति पुड्को गाई, बन्यो ‘सेलिब्रेटी’

बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ । बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् ।यस...

July 9th, 2021

वायुसेवा निगमको कार्यालयमा तनाव, आन्दोलनरत कर्मचारीको नाराबाजी

काठमाडौं, २४ असार । कर्मचारीको आन्दोलनका कारण नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय सुन्धारा तनावग्रस्त बनेको छ । गएको मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि कार्यालय तनावग्रस्त बनेको हो । यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल...

July 8th, 2021

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ...

July 7th, 2021

भारतीय अभिनेता दिलीप कुमारको निधन

२३ असार, काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको...

July 7th, 2021

लिम्बु संस्कृति मुलक लघु चलचित्र ‘ खेदा ‘ सार्वजनिक

भूतपूर्व लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदर मुकामम बर्समा एक पल्ट पेन्स थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रतेक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा ढाकरमा बोकेर लाने प्रचलन थियो आज भोलि यो...

July 6th, 2021

नियमारको अर्जेन्टिनासँग कोपा अमेरिकाको फाइनल खेल्ने चाहना

एजेन्सी, २२ असार । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १-० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । नेपाली समय आज विहान भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अर्जेन्टिना र कोलम्बियाबीच भोलि विहान हुने...

July 6th, 2021

तामाकोशीमा आजदेखि ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडौं, २१ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य...

July 5th, 2021

सरकारले बाढी–पहिरोबाट घर गुमाएका ५७२ परिवारलाई ५० हजारका दरले राहत दिने

काठमाडौं, २० असार । सरकारले बाढी–पहिरोका कारण घर गुमाएका ५७२ परिवारलाई ५० हजार रुपैंयाँका दरले राहत प्रदान गर्ने भएको छ ।आज (आइतबार) राष्ट्रियसभा वैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी...

July 4th, 2021

मेलिना मैनाली र दिप्सन लिम्बुको “कालिले त तिमिलाई ” सार्वजनिक हुदै

“कालिले त तिमिलाई”    नामक गित सार्बजनिक तयारीमा रहेको छ । उक्त गितमा सब्द राज हाङ आङ्बो लय दिपसन लिम्बु एरेन्ज बिश्व अधिकारिको रहेको छ भने स्वर चर्चित गायिका मेलिना मैनाली र दिपसन लिम्बुको रहेको छ। उक्त गितलाई मिक्सिङ भने बिपलभ अधिकारीले गरेको छ भने ओपल स्टुडियोमा रेकर्ड गरिएको छ।उक्त...

July 2nd, 2021