ब्रेकिंग न्युज

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत

काठमाडौँ — पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको उनीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ । छविराज...

July 16th, 2019

अपडेट : बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौं, ३१ असार । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र...

July 16th, 2019

झापाको कन्काई पुलमा बम राख्ने पाँच अभियुक्त सार्वजनिक

डेढ महिनाअघि झापाको कन्काई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राख्ने पाँच अभियुत्तलाई सार्वजनिक गरेको हो...

July 5th, 2019

बीमा रकमको लोभमा बाबुले गरे छोरीको हत्या

२० असार, रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा...

July 5th, 2019

सुडान घोटाला : पूर्व प्रहरी महानिरीक्षक ठकुरीले गरे सर्वोच्चमा ‘आत्मसमर्पण’

काठमाडौं, १९ असार । सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाइने भएको छ । सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रियामा अघि बढेकाले थुनामा नबसी मुद्दाको सुनुवाई गर्न...

July 4th, 2019

दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट आर्थिक सहयोग

अत्यन्त नाजुक आर्थिक स्थिति भएका दुवै मृगौलापिडित झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ निवासी निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट नेपाली रुपैया १ लाख ३२ हजार आर्थिक सहयोग प्राप्त भएको छ फियाक सङ्जोङ दक्षिण कोरियाको संयोजकत्वमा संकलित रु १ लाख १२ हजार र फुङ्लिङ–३, ताप्लेजुङ स्थायी ठेगाना...

July 4th, 2019

सर्वाधिक मूल्यमा बिक्री भयो ‘छ माया छपक्कै’को ओभरसिज राइट्स

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को ओभरसिज राइट्स (विदेश प्रदर्शन अधिकार) सर्वाधिक मूल्यमा बिक्री भएको छ । चलचित्रको गीत र केही सीनको छायांकन अगावै चलचित्र यति धेरै मूल्यमा बिक्री भएको हो । विदेशमा प्रदर्शनको अधिकार निशान बजगाँईले एक करोड १० लाखमा किनेका हुन् । अहिले चलचित्रको पूरा सुटिङ सकिएको छैन...

July 2nd, 2019

रुपन्देहीकाे अहिरण्डी चोकमा गोली चल्याे

रुपन्देही, १७ असार । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ । गैडहवा गाउँपालिकास्थित गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले जानकारी दिएका छन् । ताल सरसफाइ...

July 2nd, 2019

सरकारलाई पेट्रोलियम ढुवानी व्यवसायीको १५ दिने ‘अल्टिमेटम’, ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं, १६, असार । सरकारले आफूहरुका माग सम्वोधन नगरे पेट्रोलिय पदार्थ ढुवानी ढप्प पाने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको हो । महासंघको सोमबारको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे...

July 1st, 2019

चाँगुनारायण हत्याकाण्ड : प्रेमीसँग मिलेर छोरीले नै गरिन् आमाको हत्या

भक्तपुर, १६ असार । भक्तपुरको चाँगुनारायण–७ की सावित्री भट्टराईको आइतबार दिउँसो भएको हत्या आफ्नै छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर गरेको खुलेको छ । ६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ...

July 1st, 2019