कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ।  वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।   राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको...

July 10th, 2026

कांग्रेस संस्थापनइतरले साउन ६ गते बृहत् कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ। सोमबार उद्घाटन गरिएको सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले बीपी स्मृति दिवसको दिनमा बृहत् कार्यक्रम गर्ने भएको हो । नेता मीन विश्वकर्माका अनुसार कार्यक्रम काठमाडौंमा हुने कार्यक्रमको स्थान र कार्य तालिका तय हुन बाँकी रहेको छ ।...

July 6th, 2026

अवैध बाटोबाट अमेरिका प्रवेश गर्नेहरुको कथामा आधारित उपन्यास ‘डङ्की’ सार्वजनिक

डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । आइतबार पर्यटन बोर्डको सभा हलमा आयोजित एक भव्य समारोहमा पुस्तकको लोकार्पण गरिएको हो । Book Hill बाट प्रकाशित सो  पुस्तक लेखक डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत,...

June 30th, 2026

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

काठमाडौं । रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।...

June 26th, 2026

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक

काठमाडौं, असार ११ – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूद्वारा लिखित ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंको बौद्ध–चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा आयोजित कार्यक्रममा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा तथा लेखक डा. लिम्बूलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो। यसअघि डा. लिम्बूको ‘अस्तित्व,...

June 25th, 2026

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्।  सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए।  यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत...

June 22nd, 2026

सभामुखलाई साम्पाङको प्रश्न- प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउने कहिले आदेश दिनुहुन्छ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्याललाई सोधेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले भने, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो...

June 15th, 2026

गृहमन्त्री सुधन गुरुङले माइतीघरमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघरमा पुगेका छन् । माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेट् उनी पुगेका हुन् । बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

June 11th, 2026

विश्वकपका लागि मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई फर्काइयो एयरपोर्टबाटै

भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको छ। उनीहरु विश्वकप फुटबल हेर्न अमेरिका जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए।  नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी...

June 9th, 2026

रास्वपा गोरखा जिल्ला अधिवेशन: सांसद सुधन गुरुङको सहभागिता

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक जिल्ला अधिवेशन शनिबारदेखि देशभर एकसाथ सुरु भएको छ। शनिबार अनुकूल नभएका र बाँकी रहेका जिल्लाहरूमा आज आइतबार भव्य रूपमा अधिवेशन सञ्चालन भइरहेको छ। यसैक्रममा, रास्वपा गोरखा जिल्लाको अधिवेशन पनि अहिले उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। जारी अधिवेशनमा पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य...

June 7th, 2026
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent