कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कनकाई नहरमा डुबेर दुई बालबालिका सिकुन् राई र एन्जिलाको मृत्यु

झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बिहीबार साँझ पौडी खेल्न पसेका स्थानीय ९ नम्वर वडा आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दासको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक राई माईधार स्थित रेड रोज...

August 12th, 2022

दोलखाको सिंगटी बजारमा भिषण बर्षासँगै पहिरो, ६५ घर जोखिममा

दोलखा । गए रातिको भिषण वर्षासँगै झरेको पहिरोको कारण दोलखाको सिंगटी बजार क्षेत्रका केहि घर भत्किएका छन् भने ६५ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ । गएराति बिगु गाउँपालिका- ४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् ।...

August 11th, 2022

छायांकार विदुर पाण्डेको निधन

फिल्म छायांकार विदुर पाण्डेको निधन भएको छ। हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  छायांकार पाण्डेको ५५ वर्ष उमेरमा निधन भएको हो। संघका अध्यक्ष लामाका अनुसार पाण्डेको आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। पाण्डे नेपालको...

August 10th, 2022

जापानमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । जापानको पाँच दिने भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कईबीच...

August 9th, 2022

कांग्रेस देशभर तालमेलको पक्षमा, कम्तीमा १०० सिट राख्न सुझाव

काठमाडौं । सत्तरुढ नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कसले...

August 8th, 2022

मेलिना राई र उदय नेम्वाङको स्वरमा चलचित्र तलासको गीत सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.द्वारा निर्माण भएको चलचित्र तलासको दोस्रो गीत रिलिज भएकोछ । मेलिना राई र उदय नेम्वाङको स्वर रहेको उक्त युगल गितमा नायक दावा मिङमार शेर्पा र नायिका बिमला खजुम लिम्बु रहेकाछन् । पैसा र पावरको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा बोकेको चलचित्र...

August 7th, 2022

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्राहलय अवलोकन

टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न...

August 7th, 2022

११ सदस्यीय कार्यदलले बाँडफाँट गर्नेछ गठबन्धनको सिट (नामसहित)

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन...

August 5th, 2022

देउवा सरकार अब ‘कामचलाउ’, ठूला निर्णय गर्न नपाउने

काठमाडौँ । प्रदेश र संघीय निर्वाचनको मिति घोषणासँगै पाँचदलीय गठबन्धन सरकार कामचलाउमा परिणत भएको छ ।आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको हो । मन्त्रिपरिषद् बैठकले आउँदो मंसिर ४ गते आइतबारका दिन देशभर एकै चरणमा प्रादेशिक र संघीय निर्वाचन गर्ने निर्णय...

August 4th, 2022

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६...

August 4th, 2022