कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सभामुख सापकोटा र माधव नेपालबाट प्रदीप गिरिप्रति श्रद्धाञ्जली

काठमाडौं, ५ भदौ । सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,...

August 21st, 2022

तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

काठमाडौं । पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन । शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन् । ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर...

August 21st, 2022

फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जना पक्राउ

सुनसरी : प्रहरीले फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जना पक्राउ गरेको छ । नयाँ प्रविधिहरू प्रयोग गरी हुने गरेका अपराध रोक्ने सुनसरी प्रहरीको विषेश अभियान अर्न्तगत फेसबुक एकाउन्ट ह्याक गरी नक्कली ‘इसेवा आइडी’ प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने गरेको ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो । १ भाद्र...

August 20th, 2022

आज श्रीकृष्ण जन्माष्टमी पर्व, यस्तो छ धार्मिक महत्व

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले...

August 19th, 2022

बालेन र हर्क साम्पाङको जुहारीको चर्चा संसदमा

 काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् । उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए...

August 18th, 2022

बाबुराम र वामदेव माओवादीको चुनाव चिह्नबाट लड्ने, पेरिसडाँडाको स्वीकृति

काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निणर्य गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । ‘राष्ट्रिय एकता अभियानका वामदेव...

August 16th, 2022

निरन्ता नेम्बाङ र नरेश वनेम फागोको स्वरमा ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न

काठमाडौं -निरन्ता नेम्बाङ र नरेश वनेम फागोको स्वरमा लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न भएको छ । उक्त पालाम काठमाडौ स्थित ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो । सागर केरुङ् को शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका...

August 15th, 2022

म्यादी प्रहरीका लागि गृहले माग्यो ७ अर्ब रुपैयाँ

नेपाल प्रहरीले म्यादी प्रहरी भर्ती गर्न ७ अर्ब बढी बजेट माग गरेको छ। कम्तीमा एक लाख २० हजार म्यादी भर्ना गर्नुपर्ने भन्दै प्रहरीले बजेट बढाएको हो।  यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो।  त्यतिबेला पनि सुरुमा एक लाख १८ हजार म्यादी...

August 15th, 2022

हर्क साम्पाङले भने : काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा...

August 14th, 2022

खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु ’बोलको गीतको भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत‘कालि छु की गोरी छु ’ सार्वजनिक भएको छ ।रोशन सुवेदी को शब्द तथा मन थुलुङ्ग राईको सङ्गीत तथा उदय राज पौडेलको सङ्गीत संयोजन र चन्द्र चौधरी मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लोकेन सावा लिम्बुको...

August 12th, 2022