कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा...

September 7th, 2022

पल शाहको मुद्दामा बहस सकियो, जाहेरवालाका वकिलले बहस नै गरेनन्

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा नवलपुर जिल्ला अदालत नवलपुरमा सुनुवाइ सकिएको छ।  मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा सुनवाइ भएको हो।  सुनुवाइ सकिएको र फैसला आउन बाँकी रहेको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। पल शाहको तर्फबाट ६ जना निजी कानुन...

September 6th, 2022

संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुने गरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति...

September 5th, 2022

बालेनले आफूले गर्न नसकेका काम र विवादमा आएका कुराबारे यसरी दिए स्पष्टीकरण

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले आफ्नाे कार्यकाल १०० दिन पुगेकाे सन्दर्भमा केही कुराकाे प्रष्टीकरण दिएका छन् । यस अवधिमा आफूले के के कामहरू गरेँ भन्नेबारे आफैले भन्ने भन्दा पनि आम मानिसहरूले कसरी हेर्छन भन्ने कुरा मुख्य रहेकाे बताएका छन् । साथै आफू केवल १०० दिनकाे दाैडमा...

September 4th, 2022

महानगरलाई नै थाहा छैन फनपार्कले बुझाउनपर्ने कर, नतिरे ताला लगाउने तयारी

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल हुँदै छ। महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार फनपार्ककका अधिकारी र महानगरपालिकाबीच छलफल हुन लागेको हो।  बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो। उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो।  तर, उक्त पत्र फनपार्कले...

September 1st, 2022

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

१५ भदौ, तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।...

August 31st, 2022

केन्याविरुद्धको टी–२० सिरिज नेपाललाई

केन्या भ्रमणमा रहेको नेपालले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको सिरिज जितेको छ। मंगलबार भएको पाँचौ खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले शृंखला जितेको हो।  नेपालले तीन खले जितेको छ। नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो। नेपालका लागि कप्तान सन्दीप लामिछाने,...

August 30th, 2022

चितुवाको आक्रमणबाट आमा छोरा घाइते

चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी...

August 29th, 2022

अनि प्रदीपको आक्रोश खुसीमा बदलियो

पछिल्लो समय नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै चर्चा नायक प्रदीप खड्काको छ। उनी अभिनित ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छ। उनकै अभिनय रहेको ‘प्रकाश’ प्रदर्शन भइरहको छ।  तर ‘प्रकाश’ले प्रदर्शनको पहिलो दिन क्यूएफएक्सले १० शो मात्रै दियो। प्रदीप निकै आक्रोशित देखिए। उनको आक्रोश मिडियादेखि हलसम्मै देखियो। त्यसपछि शनिबार क्यूएफएक्स चेनले १० बाट...

August 28th, 2022

एक हप्ताभित्र काठमाडौंको सबै फोहर बञ्चरेडाँडा पुर्‍याईसक्न मेयर साहको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा...

August 22nd, 2022