कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

आज किरात समुदायकाे महान पर्व उभाैली : नाच स्थगित, लकडाउन पालना गरी मनाउन राष्ट्रपतिको आग्रह

२५ वैशाख । प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ । बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा...

May 7th, 2020

भोलिबाट बजेट अधिवेशन, सभामुखसहित सांसदहरुको कोरोना परीक्षण सुरु

काठमाडौं, २५ बैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट...

May 7th, 2020

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।...

May 6th, 2020

कोरोनाबाट बेलायतमा अर्का एक भूपु गोर्खा सैनिकको मृत्यु

बेलायत, २३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बेलायतमा फेरि अर्का एक भूपु गोर्खा सैनिकको ज्यान गएको छ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको हो । ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा ज्यान गएको हो । अन्य कुनै किसिमको रोग...

May 5th, 2020

नेपालगञ्जमा आज थप सात जनालाई कोरोना, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्ज, २३ बैसाख । नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगञ्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९,...

May 5th, 2020

कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु

२२ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा अहिलेसम्म...

May 4th, 2020

भारतमा एकै दिन थपिए २८ सय कोरोना संक्रमित, ज्यान गुमाउने १,३९१ पुगे

नयाँदिल्ली, २२ बैशाख । छिमेकी देश भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन दिनै बढ्दै गएको छ । भारतमा आइतबार एकै दिन दुई हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै धेरै संख्या हो । संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले...

May 4th, 2020

निको भएर घर फर्किएका रौतहटका युवकलाई फेरि आइसोलेसनमा ल्याइयो

काठमाडौँ — एक साताअगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन: नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ ।  शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको...

May 3rd, 2020

किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङउन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । २० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । शुरुमा...

May 3rd, 2020

भारतबाट उद्धार गरिएका वृद्धको क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु, स्वाब परीक्षण गरिने

पाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर बैतडीका एक वृद्धको निधन भएको छ। बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो।  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लोहारको मृत्यु भएको पुष्टि गरे। उनले ती वृद्ध दमको रोगी रहेको...

May 2nd, 2020