
काठमाडौं : नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।



