कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ललितपुरको निदान अस्पताल र आरोग्य फाउण्डेशनमा शिल

काठमाडौं, ३१ बैशाख । ललितपुरको पुल्चोकस्थित दुई अस्पतालमा शिल गरिएको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पताल र आरोग्य फाउण्डेसनमा आज (बुधबार) शिल गरिएको हो ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै संस्था शिल गरिएको हो ।

संक्रमित नर्सलाई अस्पताल लैजाने एम्बुलेन्स चालक र सहयोगीको स्वाब संकलन
आरोग्य फाउन्डेसनको आरोग्य डायग्नोस्टिक केन्द्रमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि थप दुई जनाको स्वाब संकलन गरिएको छ ।

भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पुर्‍याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको हो । पुलचोकस्थित आरोग्य फाउण्डेसनमा कार्यरत उनी २९ गते इटहरीबाट फर्किएकी हुन् ।

इटहरीमा हुँदै कोरोना संक्रमणको आशंका लागेकी उनी भक्तपुर आउना साथ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । आफू कार्यरत अस्पतालको एम्बुलेन्स बोलाएर कोरोना परीक्षणका लागि अस्पताल पुगेकी थिइन् ।

उनलाई ल्याउने लैजाने कर्मचारीको पनि कोरोना परीक्षण गरिने भएको हो । अहिले आरोग्य फाउण्डेसनमा शिल गरिएको छ ।

नर्सको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि खोजी भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । झापा घर भएकी नर्स भक्तपुरमा बस्दै आएकी थिइन् । उनलाई मंगलबार राति कोराना पुष्टि भएको हो ।

रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार