कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ । सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन...

April 27th, 2019

सामाजिक अभियन्ता आङ काजि शेर्पा संगको सनसनीपूर्ण भिडियो अन्तर्वार्ता

शोसित पीडित जनताको पक्षमा सधै आवाज उठाई रहनु हुने सामाजिक अभियन्ता आङ काजि शेर्पा संग पत्रकार सुदीप भण्डारीले लिनुभएको समसामयिक बिषयको खरो भिडियो अन्तर्वार्ता आङ काजि शेर्पाको सनसनीपूर्ण भिडीयो अन्तर्वार्ता हेर्नुहोस् ,,,

April 26th, 2019

राष्ट्रपति भण्डारीद्वारा ता शियान बौद्ध मन्दिर अवलोकन

काठमाडौं, बैशाख १२ : चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शियान महानगरस्थित ता शियान बौद्ध मन्दिर अवलोकन गर्नुभएको छ । चीनमा बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान गरेका महाभिक्षु हु-एन साङको योगदान झल्काउने गरी सन् ६५२ मा शियान मन्दिर बनाइएको हो । राष्ट्रपति भण्डारी चैत्य शैलीको शियान...

April 25th, 2019

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउने पाँचै जनाको सनाखत, ३४ घाइते ( मृत्यु हुने र घाइतेको नामावली)

डोटी, ११ बैसाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज...

April 24th, 2019

वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकै पटक चार सन्तान

वीरगन्ज : वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्।...

April 23rd, 2019

रहस्यमय बन्दै रिना बस्नेत घटना { भिडियो सहित }

मोरङ्को पथरी शनिश्चरे मा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज (शनिवार) बिहान फेला परेको हो । बस्नेतको कोठा तेश्रो तलामा रहेको छ ।...

April 22nd, 2019

पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्लाको नेतृत्वको सूची यस्तो छ, कसले कहाँ पाए अध्यक्ष ? (सूचीसहित)

पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्लाको नेतृत्वको सूची यस्तो छ, कसले कहाँ पाए अध्यक्ष ? (सूचीसहित) मिडिया एनपीप्रकाशित मिति: सोमबार, बैशाख ०९, २०७६१२:१४ काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको...

April 22nd, 2019

त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित चार विदेशी महिला पक्राउ

काठमाडौं, ८ मंसिर । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जना महिला रहेको...

April 21st, 2019

जीतगढी किल्लाबाट प्रधानमन्त्रीको चेतावनी, ‘क्रान्तिको नाममा ‘उपद्रो’ गर्ने छुट कसैलाई छैन’

बुटवल, ७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको युग विकास र समृद्धिको युग भएको भन्दै क्रान्तिको नाममा उपद्रो नगर्न विप्लव समूहलाई चेतावनी दिएका छन् । बुटवलमा गोरखाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लामा उभिएर प्रधानमन्त्री ओलीले वीरताको देशमा अहिले विकासको काम भइरहेको दाबी गर्दै आफूले त्यसै...

April 20th, 2019

डेरा अगाडि विभत्स अवस्थामा फेला पर्‍यो रिनाको शव

७ वैशाख, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा भेटिएको हो । शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी...

April 20th, 2019