कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

६६ जिल्लामा नेकपाको सर्वसम्मत भागबण्डा, ४० मा एमाले र २६ मा माओवादीलाई अध्यक्ष (सूचीसहित)

काठमाडौं, ६ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तहको पार्टी समायोजनलाई तीब्रता दिएको छ । नेकपाले अहिलेसम्म ६६ जिल्लामा पार्टी समायोजनको काम टुङ्ग्याएको जनाएको छ । ६६ जिल्लामा ४० पूर्व नेकपा एमाले र २६ पूर्व माओवादी केन्द्रलाई भागवण्डा गर्दै नेतृत्वको जिम्मेवारी तय गरिएको नेकपा स्रोतले जानकारी दिएको...

August 22nd, 2018

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

५ भदौ, कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट...

August 21st, 2018

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

४ भदौ, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको सीआईबीका एक...

August 20th, 2018

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत, ७ युवक पक्राउ

४ भदौ, चितवन । चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका अारोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ...

August 20th, 2018

पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या

काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ । राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ओलम्पिया स्कुल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए । घर...

August 20th, 2018

बाह्रबिसे बजार बगरमा परिणत, साँधीखोला माथिको पुल पूरै बग्यो

३ भदौ, सिन्धुपाल्चोक । शुक्रबार राति आएको वर्षाले क्षतीग्रस्त बनाएको अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल शनिबार रातिको बाढीले पूर्ण रुपमा बगाएको छ । बाढी बजार क्षेत्रमा पसेपछि बजार बगरजस्तो भएको छ । शुक्रबार रातिको बाढीले बाह्रबिसे नजिकै रहेको साँधीखोला माथीको पुलको आधा भाग बगाएपछि मोटरसाइकल बाहेकका सवारी...

August 19th, 2018

पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । यसअघि सरकारले माइतीघरमा...

August 18th, 2018

सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! मुलुकी ऐनको पहिलो ‘शिकार’

१ भदौ, काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरवार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका...

August 17th, 2018

बाराका किसान आन्दोलितः सडकमै पोखिदिए दूध

३१ साउन, बारा । सरकारले दुधको मूल्य घटाएको विरोधमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दुध पोखेर बिरोध जनाएका छन् । बुधबार विहान जीतपुरसिमरा उपमहानगरपालिका-१८ मनहर्वाका किसानहरुले सरकारको विरोध गर्दैसडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्ऽमा आवद्ध १५० बढी किसानहरुले मानमत-कलैया सडकखण्डको मोती...

August 16th, 2018

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका...

August 16th, 2018