कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 

१७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको...

November 3rd, 2023

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं, कार्तिक १२ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित रहेको थियो। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले...

October 29th, 2023

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी : यो सरकार पाँच वर्षनै रहन्छ

रुकुम, ९ कात्तिक : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर...

October 26th, 2023

राष्ट्रसंघका महासचिव गुटेर्रसको सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डले गर्ने भएको छ । नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ । त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो । महासचिव गुटेर्रस नेपालको...

October 26th, 2023

यही वर्ष १० विमान थप्छौं, दसैंअघि नै प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आज (आइतबार) सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । इन्धनको मूल्यवृद्धिका...

October 15th, 2023

माओवादीका आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौँ । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो...

October 12th, 2023

थ्रेस होल्ड नकट्दा पनि जिम्मेवार शक्ति हौं, रविको भाष्य बोल्ने छुट छैन : रामकुमारी झाँक्री

आफ्नो पार्टीले थ्रेस होल्ड कटाउन नसकेपछि भाष्य बदल्ने काममा महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्।  ‘हामीले लगातार यसरी खडा गरेको भाष्यभित्र राजनीतिमा के पक्षले लाभ र फाइदा लिएको छ भन्ने हामीले सामान्य अनुमान समेत गरेका छैनौं। हामी भत्र्सना पनि गरिरहेका छौं। त्यसकारण यो अभियानले समाजवमा हामीले गर्न सक्छौं, भएको छ...

October 2nd, 2023

ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश...

September 26th, 2023

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ। संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...

September 22nd, 2023

पशुपतिनाथ दर्शनका लागि विगतभन्दा यस वर्ष बढि व्यवस्थित

काठमाडौँ, १ असोज । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने  भएको छ । विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको...

September 18th, 2023