कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

१०० किलो सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । तस्करीको १०० किलो सुन बरामद हुनु भन्दा केही समयअघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए । अडुकिया यो भन्दाअघि गोरखा विकास...

July 26th, 2023

दलबलसहित विमानस्थल निरीक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ

बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्। नेपाल प्रहरीका आईजीपी वसन्त कुँव र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन्। उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर...

July 21st, 2023

कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो ‘ह्वाट् द फ्लप’ शो

कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ। गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना...

July 20th, 2023

भुर्तेलको अलराउन्डर प्रदर्शनमा यूएईविरुद्ध नेपालको सान्त्वना जित

ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ। समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले...

July 19th, 2023

प्रधानन्यायाधिश कार्कीले राष्ट्रपतिलाई बुझाए देशभरका अदालतको वार्षिक प्रतिवेदन (प्रतिवेदन)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेल समक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले देशभरका अदालतको प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको...

July 16th, 2023

देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ...

July 14th, 2023

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखने छ । श्रद्धाञ्जलीपछि आजै...

July 12th, 2023

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ। असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ। ‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव...

July 11th, 2023

सट्टेबाजी आरोपमा बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता...

July 10th, 2023

आफ्नो अभिव्यक्ति सच्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता, ओली सदन खुलाउन लचक

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् । गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ । एमालेलगायतले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपाल र नेपालीको भावनामाथि चोट पुगेको आरोप लगाएका छन् । एमालेले त प्रधानमन्त्रीको राजीनामा...

July 9th, 2023