कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र हुन्छ : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा पूृर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । भ्रमणको बारेमा जानकारी दिँदै उनले सरकारले भारतसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा...

May 30th, 2023

सरकारले बजेटमार्फत खुलायो जग्गाको कित्ताकाट

सरकारले रोकिएको कित्ताकाट खुला गरेको छ। सोमबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाँट खुला गरेको बताए। केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो। तर, जग्गाको वर्गीकरण कसरी गरिन्छ भन्ने उनले खुलाएका छैनन्। कागज र...

May 29th, 2023

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

सरकारले टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।  ५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन्।  ‘केही समयअघि...

May 28th, 2023

अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबार उनीहरूलाई...

May 22nd, 2023

सर्वाेच्च अदालतको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छः रेशम चौधरी

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।  जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन्...

May 17th, 2023

पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक

काठमाडौँ — साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको...

May 14th, 2023

लडाकु शिविर घोटालासहित चर्चित काण्डहरूको छानबिन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ । ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले निर्णय गरेको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन...

May 13th, 2023

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए। ‘उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले नेपालखबरसँग भने, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं...

May 10th, 2023

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि...

May 8th, 2023

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै...

May 5th, 2023