कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६...

August 4th, 2022

बोरिङ खन्दा काठमाडौँ जोरपाटीमा निस्कियो लेदो माटोसहितको ग्यासको फोहोरा

काठमाडौँ । राजधानीको जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा लेदो माटोसहितको ग्यासको फोहोरा निस्केको छ ।स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र...

July 19th, 2022

प्रचण्ड दिल्लीमा, भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् ।  प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए...

July 15th, 2022

एमाले अध्यक्ष ओली र सीपीसी विदेश विभागका प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी...

July 12th, 2022

प्रदेश र संघीय निर्वाचनको मिति साउन पहिलो साता घोषणा गर्ने तयारी

सरकारले आगामी साउन पहिलो साता प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।  सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार सरकार साउन पहिलो साता निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो।  कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमबार आयोजना गरेको क्रियाशील सदस्यहरुको...

July 11th, 2022

यी हुन् माओवादीले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यहरु

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका छन् । प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठमा प्रचण्डले नामहरु प्रस्ताव गरेका हुन् । यी हुन् माओवादीका पोलिटब्युरो सदस्यहरुपुष्पकमल दाहाल ‘प्रचण्ड’नारायणकाजी श्रेष्ठकृष्णबहादुर महरादेवप्रसाद गुरुङगिरिराजमणि पोखरेलवर्षमान पुनहरिबोल गजुरेलशक्तिबहादुर बस्नेतजनार्दन शर्माचक्रपाणि खनालपम्फा भुसालहितमान...

July 7th, 2022

खेतमा काम गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरू)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्। झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्। उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। सेतो ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन्। राजनीतिक दलका शीर्ष...

July 3rd, 2022

एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव गौतम बालकोटमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा...

June 30th, 2022

विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।...

June 29th, 2022

वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको...

June 28th, 2022