कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो...

April 20th, 2022

महानगर भागबण्डामा सहमति : पोखरा एकीकृत समाजवादीलाई

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले...

April 19th, 2022

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

काठमाडौं ।  यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट तथा सत्ता गठबन्धनका दलबीच तालमेललगायत विषयमा छलफल गर्न शुक्रबार बिहान सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका विस्तारित बैठक बसेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास (खुमलटार) मा आयोजित बैठक केही बेरअघि सकिएको छ ।  बैठकमा...

April 15th, 2022

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो । यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो । आईजीपीको दौडमा एआईजी...

April 13th, 2022

शतप्रतिशत मुआब्जा माग्दै गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइनमा जग्गाधनीको अवरोध

काठमाडौं । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा अनेकन खालका अवरोधका कारण काम...

April 12th, 2022

देशभर चुनावी तालमेल गर्न पाँच दलका शीर्ष नेताको अपील

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकपछि शीर्ष नेताहरुले अपील जारी गरेका हुन्।  उनीहरुले अपीलमा नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई...

April 11th, 2022

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

२३ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको...

April 6th, 2022

बालकोटबाट खुमलटार फर्किएका डल्लाकोटीले भेटे प्रचण्ड

काठमाडौं । नेकपा एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको...

April 6th, 2022

ट्युसन पढ्न बोलाएका साथीबाटै कविताको हत्या! दाजुबहिनी पक्राउ

ट्युसन पढ्न घरबाट निस्किएकी एकजना एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथीबाट भएको खुलेको हो। कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। उनी...

April 5th, 2022

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले टि १० आई त्रिकोणात्मक सिरिजको उपाधि घरमै राखेको छ। सोमबार भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनले हराएको हो। सिरिजमा अपराजित रहेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो। सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पहिलो खेलमा १५ र दोस्रो खेलमा ३७ रनले...

April 4th, 2022