कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो । यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो । आईजीपीको दौडमा एआईजी...

April 13th, 2022

शतप्रतिशत मुआब्जा माग्दै गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइनमा जग्गाधनीको अवरोध

काठमाडौं । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा अनेकन खालका अवरोधका कारण काम...

April 12th, 2022

देशभर चुनावी तालमेल गर्न पाँच दलका शीर्ष नेताको अपील

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकपछि शीर्ष नेताहरुले अपील जारी गरेका हुन्।  उनीहरुले अपीलमा नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई...

April 11th, 2022

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

२३ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको...

April 6th, 2022

बालकोटबाट खुमलटार फर्किएका डल्लाकोटीले भेटे प्रचण्ड

काठमाडौं । नेकपा एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको...

April 6th, 2022

ट्युसन पढ्न बोलाएका साथीबाटै कविताको हत्या! दाजुबहिनी पक्राउ

ट्युसन पढ्न घरबाट निस्किएकी एकजना एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथीबाट भएको खुलेको हो। कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। उनी...

April 5th, 2022

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले टि १० आई त्रिकोणात्मक सिरिजको उपाधि घरमै राखेको छ। सोमबार भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनले हराएको हो। सिरिजमा अपराजित रहेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो। सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पहिलो खेलमा १५ र दोस्रो खेलमा ३७ रनले...

April 4th, 2022

पेट्रोलियम ढुवानी सुचारु भएसँगै देशभरका पेट्रोल पम्पमा विक्री सहज

काठमाडौं, १९ चैत्र । पेट्रोलिम पद्धार्थको आपूर्ति सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि सहज आपूर्ति तथा विक्री वितरण भएको छ । २० चैत्रबाट व्यवसायीको आन्दोलनको घोषणाका कारण पेट्रोल पम्पहरुमा लामहरु लागेका थिए । तर, आन्दोलनका कार्यक्रम ढुवानी व्यवसायीले स्थगित गरेका छन् । नेपाल आयल...

April 3rd, 2022

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्। पत्नी आरजु देउवासहित ५० जनाको जम्बो टोली लिएर देउवा भारत प्रस्थान गरेका हुन्।  उनी चार मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्।  देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल,...

April 1st, 2022

सर्वोच्चमा असन्तुष्ट डीआइजीको रिट, बढुवा भएकै दिन तीन एआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिह्न लगाएका हुन् । आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई एआईजीमा बढुवा गरेको...

March 31st, 2022