कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

हेटौंडामा गठबन्धनको अग्रता, एमाले तेस्रो स्थानमा झर्यो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ७४ सय ६१ मतगणना हुँदा हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको नेकपा एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणनाअनुसार तेस्रो स्थानमा पुगेको छ । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका...

May 15th, 2022

भरतपुर महानगरमा रेनु दाहालले लिइन् अग्रता

 चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् ।...

May 14th, 2022

मोरङकी ११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले  मतदान गरेकी छन्। अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए। अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए। नगरमा ७१ हजार ७५६ मतदाता...

May 13th, 2022

मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ बैशाख । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाईएको ।...

May 12th, 2022

मधेसमा सुरक्षा थ्रेट : तराईमा ५ मिनेटमा थप सुरक्षाकर्मी पुग्ने, पहाडमा ‘स्टेन्डबाइ’ हेलिकोप्टर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमा नाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस प्रदेशमा...

May 11th, 2022

बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौं–प्रधानमन्त्री देउवा

धनगढी, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताएका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन जितेमात्र संघीय सरकार बलियो हुने समेत दाबी गरे । प्रधानमन्त्री...

May 9th, 2022

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

२३ वैशाख, विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको...

May 6th, 2022

तस्बिरमा सत्ता गठन्धनको चुनावी सभा

आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेका सत्ता गठबन्धनका पाँच दलले आज चितवनको भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेका छन्।  तस्बिरः रोशन सापकोटा/रासस

May 5th, 2022

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

 नेपाली सिने जगतका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै...

May 3rd, 2022

विवादित अभिव्यक्ति दिएका स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  ‘उहाँले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै हामीले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका हौँ,’ उनले शिलापत्रसँग भने । स्थापितले...

May 2nd, 2022