याक्थुङ युथ एशोसिएसनको अध्यक्षमा भीम लिम्बू निर्वाचित

काठमाडौं । गायक भीम लिम्बूको अध्यक्षतामा याक्थुङ युथ एशोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा शुक्रबार सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
एशोसिएसनको उपाध्यक्षमा दीपा लक्सम लिम्बू, सचिवमा गायक रुकमान लिम्बू र कोषाध्यक्षमा पल्लवी लक्सम चयन भएकी छन् ।

यस्तै, सदस्यहरुमा अभिनेत्रीसमेत रहेकी रेखा लिम्बू चयन भएकी छन् । नौ सदस्यीय कार्यसमितिमा अन्य चार सदस्य पछि मनोनयन गरिने एशोसिएसनले जनाएको छ ।

याक्थुङ युथहरुको पहलमा स्थापना भएको याक्थुङ युथ एशोसिएसनको प्रथम निर्वाचित अध्यक्ष भीम लिम्बूले अब संस्थालाई क्रियाशील बनाएर अगाडि बढाउने बताए ।

एशोसिएसनले स्थापनाकालदेखि नै लिम्बू कला, संस्कृृति र मौलिकताको प्रवद्र्धन तथा सम्वद्र्ध गर्ने उद्देश्यले ‘मिस लिम्बू’को आयोजना गर्दै आएको छ । तर, पछिल्लो कोभिड महामारीका कारण ‘मिस लिम्बू’ रोकिएको थियो ।

नयाँ कार्यसमिति गठन भएसँगै अब मिस लिम्मूको छैटौं संस्करणको तयारी भइरहेको संस्थाका उपाध्यक्ष एवं गायक रुकमान लिम्बूले जानकारी दिए । दृस्टी न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार