कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ : माधव नेपाल

काठमाडौं, १० भदौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि आज (बिहीबार) पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ ।...

August 26th, 2021

थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको...

August 25th, 2021

थप १,८०१ जनामा कोरोना संक्रमण, १,९२४ जना संक्रमणमुक्त

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ...

August 23rd, 2021

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई आजबाट खोप दिइने

काठमाडौं, ४ भदौ : काठमाडौंमा शुक्रबारबाट कक्षा ११,१२ र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने भएको छ। १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ। भदौं ४,५ र ८ गते बिहान १० बजेदेखि ५...

August 20th, 2021

२४ घण्टामा ३०७५ संक्रमित थपिए, १६८ जना भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो । संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै...

August 19th, 2021

यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरु माधवकुमार नेपालझलनाथ खनालमुकुन्द न्यौपानेप्रदीप नेपालडा. बेदुराम भुसालप्रमेशकुमार हमालराजेन्द्रप्रसाद पाण्डेडा.विजयकुमार पौडेलडा. गंगालाल तुलाधरप्रकाश ज्वालानागेन्द्रप्रसाद...

August 18th, 2021

दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन सक्ने!

गठबन्धन सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने प्रावधानसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको दाबी एमालेले गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत संख्याबाटै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याएको दाबी एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गरे। ad२० प्रतिशत संख्याबाटै पार्टी फुटाउने निर्णय सरकारले गरिसकेको सूचना प्रमुख प्रतिपक्षी नेकपा...

August 17th, 2021

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस अघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक...

August 14th, 2021

आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

काठमाडौं : आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा...

August 13th, 2021

पूर्ववर्ती सरकारको पालामा ९७ लाख डोज मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, २८ साउन । सरकारले नेपालीका लागि करिब ५ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएको छ । प्रतिनिधिभासको आज (बिहीबार) को बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा सरकारका तर्फबाट बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका हुन् । ‘नेपालीका लागि ५ करोड ५० लाख डोज कोरोना खोप चाहिन्छ ।...

August 12th, 2021