कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

बाढी–पहिरोबाट जनताको ज्यान जोगाउन गृहमन्त्रीको निर्देशन

 देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन् । गृहमन्त्री खाँणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डडीआईजीपी) सँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले नवलपरासी पूर्वका...

August 28th, 2021

२,०६५ मा कोरोना संक्रमण, २,३३७ जना निको, २५ को मृत्यु

काठमाडौं, ११ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,०६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ८,७५२ जनाको पिअिसार परीक्षण...

August 27th, 2021

प्रदेश १ : लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्रीमा नियुक्त

एमाले फुटाएका माधव नेपालको साथ छाडेका दुई नेताले सुरुमै प्रदेश १ को नयाँ सरकारमा मन्त्री हुने अवसर पाएका छन्। प्रदेश १ मा एमाले सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारी पहिलो चरणमा मन्त्री बनेका हुन्। ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त...

August 27th, 2021

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ : माधव नेपाल

काठमाडौं, १० भदौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि आज (बिहीबार) पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ ।...

August 26th, 2021

थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको...

August 25th, 2021

थप १,८०१ जनामा कोरोना संक्रमण, १,९२४ जना संक्रमणमुक्त

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ...

August 23rd, 2021

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई आजबाट खोप दिइने

काठमाडौं, ४ भदौ : काठमाडौंमा शुक्रबारबाट कक्षा ११,१२ र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने भएको छ। १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ। भदौं ४,५ र ८ गते बिहान १० बजेदेखि ५...

August 20th, 2021

२४ घण्टामा ३०७५ संक्रमित थपिए, १६८ जना भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो । संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै...

August 19th, 2021

यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरु माधवकुमार नेपालझलनाथ खनालमुकुन्द न्यौपानेप्रदीप नेपालडा. बेदुराम भुसालप्रमेशकुमार हमालराजेन्द्रप्रसाद पाण्डेडा.विजयकुमार पौडेलडा. गंगालाल तुलाधरप्रकाश ज्वालानागेन्द्रप्रसाद...

August 18th, 2021

दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन सक्ने!

गठबन्धन सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने प्रावधानसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको दाबी एमालेले गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत संख्याबाटै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याएको दाबी एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गरे। ad२० प्रतिशत संख्याबाटै पार्टी फुटाउने निर्णय सरकारले गरिसकेको सूचना प्रमुख प्रतिपक्षी नेकपा...

August 17th, 2021