कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह

राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्। नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले...

June 1st, 2025

बजेटबारे माओवादी : परम्पराकै निरन्तरता, अहिले नाराहरु कम रहेछन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराकै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्। पूर्व अर्थमन्त्री समेत रहेका शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको बताएका छन्। बिहीबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई सम्बोधन नगरेको बताए...

May 29th, 2025

अध्यागमन स्तरोन्नती गरिने र अनलाईन भिसाको सुविधा दिने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले अध्यागमन प्रणालीको स्तरोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाईन भिसाको सुविधा उपलब्ध गराउने भएको छ । यस वर्षको आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले यो कुरा समेटेको छ । यस्तै, अनलाईन भिसाको सुविधा पनि उपलब्ध गराउने सरकारको घोषणा छ । वक्तव्यमा भनिएको छ,‘अध्यागमन प्रणालीको स्तरोन्नती...

May 29th, 2025

पोखराबाट प्रधानमन्त्री ओलीको दाबी : राजतन्त्र फर्कने सपना कहिल्यै पूरा हुँदैन

पोखरा, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र इतिहास भैसकेकोले कहिल्यै नफर्कने दाबी गरेका छन् । उनले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरेका हुन् । एमालेनिकट युवा संघ नेपालको आजबाट सुरु भएको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्...

May 23rd, 2025

नवनियुक्त गभर्नर डा.पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एक समारोहका बीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले डा.पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा.पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो ।

May 21st, 2025

शिव सेना नेपालका अध्यक्ष बस्नेत वैठकस्थलबाटै पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए...

May 11th, 2025

पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ। गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको...

May 7th, 2025

त्रियुगा नदीले जन्ती बस बगायो

उदयपुर । उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई त्रियुगा नदीको बाढीले बगाएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन्। ‘जन्ति पुर्‍याएर फर्किएको बस बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’ सोमबार राति...

May 6th, 2025

रेशम चौधरी रिहा हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताए ।...

April 30th, 2025

सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

सिंहदरबारभित्रै प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए। पर्चासहित चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले आइतबार लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र...

April 20th, 2025