कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको...

September 25th, 2020

एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

काठमाडौँ — एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष...

September 25th, 2020

तमर फिल्मस द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बू लाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा पाःलाम रेकर्ड भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले सुमन लिम्बूलाई यो अवसर दिएका हुन् । नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन रहेको पाःलामलाई सुमन लिम्बूले लय संकलन...

September 24th, 2020

१७ जनाको कोरोना संक्रमणबाट मृत्यु, २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक

काठमाडौं, ८ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र १२ पुरुष छन् । आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृतक संख्या ४ सय ५३ पुगेकोछ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत छ...

September 24th, 2020

स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

८ असोज, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ । वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९...

September 24th, 2020

‘अति भारी’ बर्षाको सम्भावना, यी प्रदेशमा जोखिम रहेकाले सतर्क रहन आग्रह

काठमाडौं, ८ असोज । नेपालमा फेरि सक्रिय बनेको मनसुनका कारण देशभर बर्षा भइरहेको छ । आज (बिहीबार) पनि देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित ‘अति भारी’ बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज र भोलि देशभरि नै वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘एकछिन...

September 24th, 2020

बामदेव गौतम तत्काल मन्त्री बन्न नपाउने

काठमाडौं, ७ असोज ।राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमलाई ‘सवैधानिक जिम्मेदारी’ दिने कार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनैपनि संवैधानिक जिम्मेवदारी दिने कार्य नगर्नु/ नगराउनु भन आज अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै अर्को आदेश नआएसम्म तत्काल...

September 23rd, 2020

किशोरीलाई भारत लैजान खोज्ने तीन पक्राउ, बली दिन लैजान खोजिएको हुन सक्ने आशंका

विराटनगर / किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्...

September 23rd, 2020

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

७ असोज, काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई...

September 23rd, 2020

लिम्बू जातिको धर्मबारे

यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र छलफलहरू चलिरहेको छ । विवादमा खासगरि किरात सत्यहाङ धर्म र यूमा साम्यो धर्मबीच अलि अस्वस्थ वादविवाद भईरहेको छ । यसको अलावा लिम्बू जातिको धर्म प्राकृत, बोन, एन्नेमिष्ट, टोटेमिष्ट आदी पनि हो भन्नेमा कहि कतै कुनै कुनामा छलफल...

September 22nd, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent