चीनको अगाडि भुटानलाई राखेर सीमा विवाद भड्काउँदै भारत….

४ श्रावण २०७४
बीबीसी। भारतको पूर्वोत्तर राज्य सिक्किमको डोकलाममा चीन र भारतबीचको तनाव जारी छ। विगत ६ हप्तादेखि दुवै देशबीच सीमा विवाद जारी छ भने दुवै देशले सीमामा आफ्ना सेना तैनाथ गरेका छन्।

चीनको सरकारी संचारमा माध्यम सिन्ह्वाका अनुसार भारतले सीमा नाकाबाट आफ्ना सेना फिर्ता नबोलाएसम्म भारतसँग कुनै पनि सम्झौता हुने संभावना छैन।

डोकलाम यस्तो ठाउँ हो जसलाई लिएर चीन, भुटान र भारतबीच विवाद जारी छ। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले विष्लेशकहरुलाई उद्धृत गर्दै लेखेको छ, ‘भारत सीमामा विवाद भड्काउ भुटानलाई प्रयोग गरिरहेको छ।’ चाइनीज एकेडेमी अफ सोशल साइन्सेसका सोधकर्ता झाङ योङपानले ग्लोबल टाइम्ससँग भने, ‘विवादित ठाउँ डोकलामलाई लिएर जुन सम्झौता भएको थियो,त्यसलाई कानुनी रुपमा कसैले पनि उल्लघंन गर्न सक्दैनन्। कसैले ऐतिहासिक दस्तावेजको कुरा गरेपनि डोकलाम चीनसँग सम्बन्धित हुने विषयमा कुनै तर्क हुन सक्दैन।’

उनले भने, ‘भारत भुटानलाई अगाडि राख्ने कोशिश गरिरहेको छ। तर, वास्तविक रुपमा चीन र भुटानबीचको सम्बन्ध मैत्रीपूर्ण छ।’

भुटानको भूमिका ?

भारतलागि भुटानी राजदूत वेत्सोप नामग्यालको भनाइ थियो, ‘चीनको सडक परियोजना दुई देशबीच भएको सम्झौताको उल्लघंन हो।’ भुटान र चीनबीच औपचारिक कुटनीतिक सम्बन्ध छैन। तर दिल्लीस्थित आफ्नो मिशनमार्फत दुवै देशले एक आपसमा सम्बन्ध जारी राखेका छन्।

सुरक्षा मामिलाका जानकार जयदीप सैकियाले बीबीसीसँगको कुराकानीमा विगत केही समयदेखि चीन भुटानसँग सीधा सम्बन्ध बनाउन खोजिरहेको र दक्षिण एसियामा भुटानको सबैभन्दा नजिकको सहयोगी भारत भएको बताए।

‘भुटानको सम्प्रभुताको मुद्दा उठाएर चीन चाहन्छ की भारतले भुटानसँग पनि नेपालको जस्तै व्यवहार गरोस्।’
भारतीय सेनाका जानकारका अनुसार सिक्किम त्यही ठाउँ जहाँबाट भारत चीनमाथि कुनै पनि प्रकारले आक्रमण गर्न सक्छ।

सीमामा हिमालयमा यो एकमात्र त्यस्तो ठाउँ हो जसलाई भौगोलिक रुपमा भारतीय सेना परिचिल छ र यसको सामरिक महत्वपनि भारतीय सेनालाई जानकारी छ। भारतीय सेनालाई यसको उचाइको फाइदा पनि छ। जवकि चीनका सैनिक भारत र भुटानकाबीच फसेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent