‘जग्गा जासुस’ नायिकाको हत्या कि आत्महत्या ?

२०७४ साउन ४ गते ….

आसामी नायिका विदिशा बेजबरुआले आत्महत्या गरेकी छिन् । उनको शब गुरुग्राम स्थित सुशान्तलोकमा पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । बिदिशाले हालै रिलिज भएको रणबीर कपुर र कट्रिना कैफ अभिनित चलचित्र ‘जग्गा जासुस’ मा अभिनय गरेकी थिइन् । उनले केही टिभी शो समेत होष्ट गरेकी थिइन् ।

केही दिन अघि मात्रै बिदिशा मुम्बईवाट गुरुग्राम आएकी थिइन् । गुरुग्रामको सुशान्त लोक क्षेत्रको सेक्टर ४३ मा रहेको घरमा उनी भाडामा बस्थिन् । विदिशाको बुबाले उनको आत्महत्या नभएर हत्या भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनका बुबाले विदिशाको पतिसँग पटक पटक झगडा भएको भन्दै हत्यामा पतिको हात रहेको आशंका ब्यक्त गरेका छन् ।

चलचित्र ‘जग्गा जासुस’मा विदिशाले नृत्य गरेकी थिइन् । गुहाटीमा जन्मेकी बिदिशाले अंग्रेजी साहित्य र मास कम्युनिकेशनको पठाई पुरा गरेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent