यौन सम्पर्क गरिरहेका जोडीको हेलिकप्टरबाट भिडियो खिचेपछि…

लन्डन। प्रहरीको हेलिकप्टरबाट आफ्नो बगैंचामा यौन सम्पर्क गरिरहेका जोडीको फिल्म बनाएको विषयमा अदालतमा सुनुवाई सुरु भएको छ।
आफ्नै बगैंचमा यौन सम्पर्क गरिरहेका एक जोडीको प्रहरीको हेलिकप्टरबाट भिडियो खिचिएको बीबीसीले जनाएको छ। सो विषयमा बेलायतको दक्षिणी योर्कशरका दुई प्रहरी अधिकारी र दुई पाइलट विरुद्ध शेफिल्डको क्राउन अदालतमा सुनुवाई सुरु भएको हो।

म्याथ्यु लुकास (४२) ली वास्ल (४७), म्याथ्यु लुसेमोर (४५) र मलकोम रिव्स (६४) लगायत सबैजनाले सरकारी स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ।

एक जोडी चर्को घाम लागेका कारण विना कपडा आफ्नो बगैंचामा बसिरहेका थिए र उनीहरुले यौन सम्पर्क राखेका थिए, सोही क्रममा प्रहरीको हेलिकप्टरबाट उनीहरुको भिडियो बनाइएको थियो।

तर जसलाई यो आरोप लगाइएको छ, उनीहरुले आफूमाथि लागेको आरोपलाई अस्विकार गरेका छन्। आरोपी मध्ये एक व्यक्ति पूर्व प्रहरी अधिकृत एड्रिअन पोगमोरे हुन्। उनले सरकारी अफिसको दुरुपयोग गरेको स्वीकार गरेका छन्। उनीहरुले खिचेको भनिएको फेटेजमा एक जोडीले बगैंचामा यौन सम्पर्क गरेको स्पष्ट रुपमा देख्न सकिने बीबीसीले जनाएको छ।

सो घटनाको जाँच गरिरहेका अधिकारी रिजर्ड राइटले भने, ‘ हेलिकप्टर चालक दलका सदस्यले उच्च गुणस्तर भएको भिडियो क्यामेराको प्रयोग गरी भिडियो खिचेका रहेछन्, त्यस्तो कार्य गर्नु मानवअधिकार हनन् हो।’

पीडित महिलाले अदालतमा भनिन्, ‘ सो घटनाले मेरो व्यक्तिगत अधिकार हनन् भएको छ, यो घटनाले मलाई निकै दुखी बनाएको छ।’
सो घटनाका विषयमा अदालतमा सुनुवाई जारी छ र करिव तीन हप्ताभित्र फैसला आउने अनुमान गरिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार