आइतबारदेखि काठमाडौं र पोखरामा स्मार्ट टेलिकमको फोरजी सेवा

hands texting with mobile phones in cafe

काठमाडौं– स्मार्ट टेलिकमले पनि आइतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर सञ्चार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ ।

स्मार्ट टेलिकमले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आइतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिए । त्यसपछि सो सेवा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले फोरजी सेवा एक महिना परिक्षणको रुपमा संचालन हुने पनि स्पष्ट पारे । परीक्षणका क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर यो सेवालाई एक महिनापछिबाट व्यवसायिक रुपमा संचालन गरिनेछ ।

कम्पनीले आफ्नो सेवालाई उपभोक्ता मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले बताए ।

स्मार्ट टेलिकमले गत जेठमा मात्रै फोरजी सेवा संचालन गर्ने अनूमति पाएको थियो । फोरजी सेवा भनेको ताररहित इन्टरनेट सेवा हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार